Headlines News :
Home » » Equipment distribution in SURKHET District CFGUS(कटाई छटाई सामाग्री वितरण कार्यक्रम)

Equipment distribution in SURKHET District CFGUS(कटाई छटाई सामाग्री वितरण कार्यक्रम)

Written By Jadibuti Association of Nepal on बुधवार, ७ जून, २०१७ | १:२१:०० PM

नेपाल जडिबुटी ब्यावसायी संघ जिल्ला शाखा सुर्खेत
वि.न.पा –९ आवास क्षेत्र
 कटाई छटाई सामाग्री  वितरण कार्यक्रम
                                                                     मिति २०७४–०२–२४
परिचय ः
          औषधिय तथा सुगन्धित विरुवाको क्षेत्रमा नेपाल एकिकृत ब्यापार रणनिति परियोेजना को लागि जर्मन सहयोग तथा जी.आइ.जेड को प्राविधिक सहयोगमा समाबेशी आर्थिक विकास कार्यक्रम अन्तरगर्त Enhance Integrated Framework (EIF),  GIZ INCLUDE र नेपाल सरकारको सहयोगमा  नेपाल जडिबुटी व्यवसायी संघले सुर्खेत जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समिति लाई चिउरी र टिमुरका लागी बिभिन्न कटाई छटाई सामाग्री ६६० थान जिल्ला जडिबुटी ब्यावसायी संघ शाखा कार्यालय  सुर्खेत द्धारा सुर्खेत जिल्लाका बिभिन्न १३ बटा गा.वि.स मा २३ वटा सामुदायीक वन मध्य ९ वटा सामुदायीक बनका टिमुर चिउरी क्षेत्र गरी जम्मा १५ वटा क्षेत्रका सामुदायीक बनमा कटाई छटाई सामाग्री ६६० थान हस्तान्त्रण गर्ने कार्यक्रममा यस नेपाल जडिबुटी ब्यवसायी संघ जिल्ला शाखाका अध्यक्ष श्री हेमराज अधिकारी ज्युको अध्यक्षता, जिल्ला बन अधिकृत हेमराज विष्ट ज्यु को प्रमुख अथित्यता तथा जि.आई जेड नेपालका कार्यक्रम संयोजक नविन कुमार गुप्ता, नेपाल जबिुटी ब्यावसायी संघ केन्द्रका कार्यक्रम संयोजक भानुभक्त रिजाल,यस संघ शाखा सुर्खेतका महासचिब मोतिराम शर्मा, यस संघ सुर्खेत शाखाका पदाधिकारी विभिन्न सामुदायीक बनका अध्यक्ष ज्युहरु तथा स्थानीय किसानको सहभागीतामा कटाई छटाई सामाग्री कसरी प्रयोग गर्ने र यसको सुरक्षाको सम्बन्धमा जिल्ला बन अधिकृत ज्यूले जारकारी दिदै केही थान कटाई छटाई सामाग्री स्थानीय किसान तथा सा.ब लाई हस्तान्तरण गरी कार्यक्रम समापन गरिएको थियो ।  र बाकी सामाग्री यस नेपाल जडिबुथी ब्यवसायी संघ साखा कार्यालय सुर्खेतले सा.ब  पदाधिकारी तथा  उपभोक्ता किसानहरुको सहभागीतामा कटाई छटाई सामाग्री  वितरण गरिएको थियो ।
उद्देश्य ः
           यस  कार्यक्रमको  उद्देश्य सामुुदायीक बनको लागी आवश्यक कटाई छटाई सामाग्री ६६० थान  वितरण गरी स्थानीय किसान तथा सामुदायीक बन समक्ष पु¥याउनु रहेको थियो ।
क्रियाकलाप ः 
  • मिति २०७४-०२-०९ लालिगुरास सा.ब रतु ७, सिद्ध थर्केनी सा.ब जबुर्टा ७, कालिका सा.ब रतु ३, नयापानी गुफा सा.ब पोखरीकाडा ६, कोटखोला सा.ब गुटु ३, धापछहरा सा.ब कुनाथरी ३, गरी  चिउरीको लागी ३ ओटा सा.ब तथा टिमुरको लागी ३ ओटा सा.ब गरी जम्मा ६ ओटा सा.ब मा कटाई छटाई सामाग्री २२८ थान वितरण गरीएको थियो । 
  • मिति २०७४-०२-१० जनएकता सा.ब लेखपराजुल २, चिसापानी सा.ब मटेला ९, मालिका सा.ब मटेला ४, चुली सा.ब मटेला ८, लालिगुसास सा.ब गर्पन ४, नलखोला सा.ब जर्बुटा ८,जडिबुटी सा.ब धारापानी ५   टिमुरको लागी ६ ओटा सा.ब तथा चिउरीको लागी ३ ओटा सा.ब गरी जम्मा ९ ओटा सा.ब मा कटाई छटाई सामाग्री ४३२ थान वितरण गरीएको थियो । 

उपलब्धि ः
  • कटाई छटाई सामाग्री वितरण कार्यक्रमा टिमुर संकलन सामागी तथा चिउरी संकलन सामाग्री ९ वटा सा.बमा चिउरी टिमुर विभिन्न क्षेत्र गरी जम्मा १५ क्षेत्रमा सा.ब पदाधिकारी तथा सथानीय किसानको रोबरमा प्राप्त गरेका थिए ।
  • अहिले सम्म स्थानीय किसानले टिमुर संकलन गर्दा टिमुर तथा चिउरी संकलन सामाग्रीको प्रयोग नगरी गर्ने गरेका थिए र अहिले टिमुर तथा चिउरी संकलन सामाग्री पा्रप्त भएपछि यसको सहि तरीकाले सदुपयोग गरी सहज ढङगबाट टिमुर तथा चिउरी संकलन गर्ने भएका छन् । 
  • प्राकृतिक रुपमा संरक्षीत टिमुर उत्पादन लिने भएकोले कटाई छटाई सामाग्री बारेका किसानलाई ज्ञान भएको हुदाँ कटाई छटाई सामाग्रीले थप टिमुर तथा चिउरी खेतिमा आर्कषण तथा  उत्पादन वृद्धीमा सहयोग पु¥याउने देखीएको छ ।
  • टिमुर तथा चिउरी संकलन गर्दा विभिन्न समस्या तथा विरुवा नोक्सान हुने गरेको तथा कटाई छटाई सामाग्री उपलब्ध गराएपछि टिमुर चिउरीको विरुवा उत्पादनको हिसाबले बोटको सुरक्षा तथा दिगोपना आउने देखीएको छ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC