Headlines News :
Home » » तेजपात

तेजपात

Written By Jadibuti Association of Nepal on मंगळवार, १ सप्टेंबर, २०१५ | ३:१०:०० PM

तेजपात
बर्गीकरण 
बैज्ञानिक नाम : Cinnamomum ( दालचिन)
नेपाली नाम :  तजपात, दालचिन 
अंगे्रजी नाम : Cassia cinnamon
स्थानीय नाम : सिनकौली, तेजपत्ता 
बनस्पति परिवार :Lauraceae
परिचय :
                  तेजपात सदाबहार खालको रुख हो । यो ४५० देखि २११०० मिटरसम्मको उचाइमा पाइन्छ । मध्यम खालको करबि ८ मिटर अग्लो , ५ देखि १० मिटरसमम उचाइ हुने यो रुख भ्याम्म परेके हून्छ ।  एउटै आख्लाबाट दूईवटा पातहरु एक अर्काका विपरीत दिशातिर फैलिएका हून्छन् र पलाउने बेला चक्किला राता रंगका हुनछन । पातहर १० देखि १५ से.मि.सम्म लामा, २ देखि ७.५ सेमि . चौडा , अण्डाकार र टुप्पो भलाकृत आकारको हुन्छ । पातको फेदैबाट तिनको नसाहरु सिधै टेप्पोमा पुगेका हून्छन । टुप्पो अलि घुम्एिको हुन्छ ।  पातहरु टल्कने र चिल्ला हुनछन । पातहरुलाई माड्दा बास्ना आउने बास्नदार हुनछन् फलहरु हलका पहेला, घिउ रंगका साना हुन्छन् फूलहर झुप्पामा फुल्दछन । फलको रंग काँचोमा हरियो र पाकेपछि  काले हुन्छ । फल १ से.मि. जति लाम्चो , नरम र अण्डाकार हुन्छन् । यसको बोक्राको रंग कलिलो बोटमा हरियो र छिप्पिएको बोटमा खैरो हुन्छ । 
बासस्थान :
               तेजपात ४५० मिटरदेखि २,००० मिटरके उचाइसमम फैलिएको हुन्छ । यो कश्मीरदेखि भुटान र बर्मासमम पाइनछ । नेपालमा अधिकांश रुपमा यो जातको रुख खास गरी ५०० मिटर उचाइ भएको सेपिलो ठाँउमा पाइन्छ । पूर्बी भन्दा पश्चिम नेपालमा यसको जङगल बाक्लो छ । जङगलमा पतकर कुहिएको मलिलो, कालो र बलौटे माटोमा यो हुर्कन्छ । विशेषत ः राप्ती तथा भेरी अञ्चलका प्राय : सबै जिल्लाम दालचिनी पाइन्छ । चुरे र महाभारत पर्वत विचको क्षेत्रमा यस पकारका प्राकृतिक रुखहरु पाइन्छन् । सुर्खेत जिल्लामा विशेष गरेर तेजपात मालारनी, लेखपराजुल, गुठु, विजौरा , रतु र जर्बुटा गा.वि.स.मा प्रचुर मात्रामा पाइन्छ भने अन्य भेग जस्तै  सहारे ,तरंगा, हरिहरपुर ,छापे्र गढी गर्पन,मटेला, घोरेटा,काफलकोट, आग्रीगाँउ र बजेडीचौर गा.वि.स.मा पनि तेजपात पाइनछ । उदयपुर जिल्लामा यो खाबू, आँपटार,रौटा आदि ठाँउहरुका प्राकृतिक बन तथा ब्यतिmगत जग्गाहरुमा लगाइएको पाइन्छ । सिमल, चिलाउने, चिउरी, चुत्रो , सिस्नु ,सल्ला र तिजुसँग तेजपात पाइने गरृको छ ।


खेती गर्ने तरिका :
                हाल यसको खेती सामुदायिक बन र ब्यतिक्तगत जग्गामा लगाएर गरिन थालिएको ५ यसको प्रसारण दुई किसिमले गर्न सकिन्छ । पहिलो प्रकार बीउबाट विरुवाहरु सिधै उतपादन गरिन्छ र अर्को तरिकामा हिउँदमा ( पुष, फागुन ) स्वस्थय परिपक्व वोट छानेर करीब बराबर साइजका हाँगाहरु छड्के गरी काटेर कटिङ्ग तयार पारी हाँगाबाट पनि विरुवा तयार गर्न सकिन्छ । 
फूल फल्ने र फल लाग्ने समय :
       फागुनदेखि चैत महिनासम्म पूmल फुल्दछ र बैशाखदेखि असारसम्म फल  लाग्दछ । 
बीउ संकलन :
              बीउ संकलन गर्ने मुख्य समय बैशाखदेखि असारसमम हो । पाकेको फल कालो हुन्छ । स्वास्थ र पूर्ण विकसित रुखबाट फहर संकलन गर्नुपर्दछ । पाकेको फललाई टिपी सकेपछि एक दुई दिन छहारिमा राखी अलि गिलो हुन दिनुपर्दछ । गिला भएका फहरुलाई चोट र दाग नलाग्ने गरेर बाहिरको आवरण फ्याकिसकेपछि भित्रको बीउ प्राप्त हुनछ । यसलाई छहारीमा १ हप्ताजति सुकाउनु पर्दछ । यसरी सुकाइएका बीउहरु उमार्नका लागी तयार हुनछन् 
बीउको उपचार :
              भदौ, असोज,महिनामा बीउ संकलन गरी घाममा केही सुकाएर ओभानो बन्द भाडोमा भण्डारण गरिएको बीउलाई प्रायः सिधै नर्सरी वा पोलीब्यागमा हालिन्छ । बिउ राम्रो, पाकेको र सही तरिकाबाट संकलन गरिएको भए ६०–८० प्रतिशत सम्म उमार शक्ति हुन्छ । तापनि बीउ रोप्नु अगाडि बीउलाई केही समय मनतातो पानीमा डुबाएर उपचार गर्दा उमार शक्ति बढेको पाइएको छ । 

नर्सरी ब्याडको तयारी :
               नर्सरीका लागी जङ्गलबाट  पतकर कुहिएको मलिलो माटो ल्याउनु पर्दछ । र बालुवाको ब्यवस्था गर्नु पर्दछ । माटो र वालुवालाई चालेर २ भाग माटो र १ भाग बालुवा राम्रोसंग मिलाएर ब्याडमा राख्नुपर्दछ । माटो र वालुवालाई चालेर २ भाग माटो  र १ भाग बालुवा राम्रोसंग विलाएर ब्याडमा राख्नुपर्दछ । ब्याड जमिनको सतहभन्दा करीब १५ से.मि. जति माथि उठेको हुनुपर्दछ । ब्याडको चौडाइ  करीब १ मिटरको र लम्बाइ जग्गाअनुसार बनाउन सकिन्छ  तैपनि १० देखि १२ मिटरसम्म लामो बनाउनु उचित हुन्छ । यसरी तयार पारिएको ब्याडमा बीउहरु रोपिन्छन । बीउ रोप्दा एक इन्च जति गहिराइमा गाड्नु पर्दछ । नर्सरी ब्याडमा बीउ रोप्दा १० से.मी.को फरकमा लाइन मिलाएर रोप्नुपर्दछ ।  त्यसपछि पराल वा छवाली वा सो नपाइने ठाँउमा थाकल (खजुरी) को पातले छोपिदिनुपर्दछ । नर्सरीमा रोपेको २ देखी ३ हप्तामा बीउ अंकुरण हुन थाल्दछ । यसबाहेक बीउलाई सोझै पोलिब्यागमा पनि रोप्न सकिन्छ । 
कटिङ्गका लागी माटो र बालुवा चालेर २ भाग  माटो र १ भाग बालुवा   मिसाइएको  ब्याड बनाउनुपर्दछ । ब्याडको चौडाइ १ मिटर,अग्लाई १५ से.मी र लम्बाइ १० मिटरसममको हुनु राम्रोे हुन्छ ।
पोलिब्याग भर्ने तरिका :
       बीउहरु सिधै अथवा उम्रिएका विरुवाहरु चारपाते भएपछि पोलिब्यागमा सार्ने काम गरिन्छ । तयार पारिएको माटो र बालुवाको मिश्रणलाई ३“×७” नापको पोलिब्यागमा भरी १“ जति गहिरोमा पर्ने गरी बीउहरु रोपिन्छन् र मिलाएर राखिन्छ । यसलाई छहारी दिनका लागी छाप्रो बनाइनछ । बीउहरु १ महिनाभित्र उम्रन्छन् ।
विरुवाको उत्पादन : 
तयार पारिएको ब्याडमा कटिङ्ग राख्नका लागी १० देखी १५ सेमि लामो बूढी औला बराबर साइजको कम्तीमा तीन आँख्ला भएको छड्के पारी काटिएको एउटा आख्ला जमिनमुनी र दुईवटा आँख्ला जमिनमाथि रहने गरी नर्सरीमा गाडिन्छ । 
गाड्र्दा  बीचको आख्ला माटोको सतहभन्दा ठीक माथि रहने गरी नर्सरीमा गाडिन्छ । ब्याडलाई छहारीका लागी छाप्रो बनाउनुपर्दछ । कट्टिङ्ग राखेको करीब साढे एकदेखि दुई महिनामा हाँगाहरु पलाउन थाल्दछन् यस्तो बेला कटिङ्गहरु हल्लाउन हुदैन । २ महिनापछि मात्र यिनीहरुमा जराको विकास हुन्छ ।
वृक्षारोपण : 
तयार पारिएका विरुवाहरु जग्गामा सार्ने गरिन्छ । सार्दा २.५ मिटरको फरकमा पनि लगाउने चलन छ तापनि ४ वा ५ मिटरको फरकमा लगाउदा राम्रो हुने गरेको  पाइएको छ । लगाउनुभन्दा पहिला १ फुट गहिराइ, १ फुट चौडाइ र १ फुट लम्बाइ भएको खाल्डो  बनाइ त्यसमा गाईबस्तुको राम्ररी कुहीएको मल र माटो मल राखी विरुवा सार्दा राम्ररी हुर्कन्छ । बीउबाट तयार पारिएका विरुवाहरु ३० देखी ४० सेमी उचाइको भएपछि रोप्न लायक र उपयुक्त मानिन्छ । त्यसैगरी कटिङ्गबाट तयार गरिएको बेर्ना असार देखी भदौ महिनामा उपयुक्तताको छनौट गरेर बृक्षरोपण गरिन्छ ।
उपयोगी भाग :
 तेजपातको उपयोगी भाग यसका पातहरु र बोक्राहरु हुन् 
संकलन विधि :
यसको बाली संकलन गर्नु भनेको यसको पात वा बोक्रा संकलन गर्नु हो । 
पातलाई तेजपात र बोक्रालाई दालचिनीको  नामाकरण गरिएको छ । बोट लगाएको  ५ वा ६ बर्ष पटाडी पात संकलन गर्न सुरुवात  गरिन्छ  तापनि १० बर्ष पुगेको बोटबाट संकलनको कार्य गर्नु उपयुक्त मानिन्छ । बर्षमा एकपटक असोजदेखि चैतसम्म रुखको कलिलो हाँगाहरु भाचेर (टिप्दा राम्रो) पात संकलन गर्नु पर्दछ । पूmल  फूलेको अवस्थामा पात वा बोक्रा संकलन गर्दा कमसल सालको हून्छ  पूराना हाँगा काटेर नया पालुवा पलाउनु अगावै पात संकलन गर्नुपर्दछ । पातको बढी  उत्पादन लिन २–३ बर्षेदेखिनै विरुवालाई १ देखी १.५ मिटर माथिबाट पुनिङ्ग गर्दा धेरै हाँगा पलाएर आउदछ र धेरै पात उत्पादन हुन्छ  बोक्राको संकलन प्रत्रिया बोटबाटै नगरेर बोटनै काटेर संकलन गरिनछ । यस्तो प्रक्रियाबाट रुखनै नास भई स्रोत संरक्षण हुन सक्दैन । त्यसकारण विकसित प्रविधि अपनाएर बोक्रा संकलन गर्नु पर्दछ । विरुवा करिब ३ देखि ४ बर्षको भएपछि  भूईदेखि एक मिटरमाथि पात संकलन गरिन्छ । त्यसबाट मुनाहरु पलाउछन् । यी मुनाहरुाई कम्तिमा ३ बर्ष हुर्कन दिएकमा तिनीहरुको ब्यास(मोटाई) ५ सेमि बराबर वा सो भन्दा मोटो पनि हुन सकदछ । यस्ता हाँगाहरुले मात्र बोक्रा संकलन गर्न सकिन्छ । बोक्रा हरेक तिन तीन बर्षमा हाँगा काट्दै संकलन गर्नु पर्दछ । हाँगाबाट १ मिटरसमका टुक्रा बनाई बोक्रा निकाल्ने हाँगालाई एउटा कडा काठले रगटेर बाहिरी भाग सफा पारी २४ घण्टासम्म परालमा बेरेर गुम्साइन्छ । जसलेगर्दा बोक्रा सजिलैसंग छोड्दछ । कपिस पद्धतिबाट उम्रने कपिस डाँठहर ५ –५ बर्पाको अन्तरालमा काट्न सकिने भएकाले सोही अनुसार घुम्ती प्रणली अपनाई दालचिनीको बाली संकलन ५ बषभन्दा माथि उमेर भएका रुखहरुबाट तीनवटासमम हाँगा काटेर संकलन गर्दा उपयुक्त हुन्छ । 
भण्डारण विधि :
संकलन गरिएको पातलाई सोझै घाममा नसुकाइ छहारीमा वा छाँयामा र बोक्रालाई घाममा नसुकाइ छहारीमा वा छाँयामा र बोक्रालाई घाममा सुकाएर बोरामा सुकाएर बोरामा हाली ओभानो ठाँउमा भण्डारण गर्नुपर्दछ । बोक्रामा सल्फर डाईअक्साइड  हाली बाजारमा विक्री गरिन्छ । 
प्रसोधन विधि :
तेजपातको पात र बोक्राको प्रसोधन गरेर विविध प्रकारका महत्वपूर्ण रसायन जस्तै  (cinnamaldehyde,eugenol,cinnamic acid) आदि जिकाल्न सकिन्छ । उदयपुर जिल्लाबाट अधिक मात्रामा तेजपात निकासी हुने भएकाले उदयपुरको मुर्कुसी बजारमा स्थानीय ब्यतिmको प्रयासमा बाष्पीकरण प्लान्ट (vapourization plant) स्थापना गरिएको छ । जसबाट प्रशोधित तेल जिकाली स्वदेश तथा विदेशमा निकासी गरिन्छ ।
उपयोग :
यसका पात तथा बोक्रालाई मसलाको रुपमा प्रयोग गरिन्छ । तेजपातलाइ तरकारी, मासु, पुलाउ आदिमा स्वाद र बास्नाका लागी प्रयोग गरिन्छ । यसरी पताबाट  निकालिकएको सुगनिधत तेल औषधि, खाद्य पदार्थ र पेय पदार्थलाई बासनादार बनाउन प्रयोग गरिन्छ । यसरी  पातबाट निकालीएको सुगन्धित तेल औषधि, खाद्य पदार्थ र पेय पदार्थ र पेय पदार्थलाई बास्नादार बनाउन प्रयोग गरिन्छ । पातहरु खाना पचाउन, पेटको दुखाई कम गर्न, आउ परेको वाकवाक लाग्ने अवस्था रोक्न तथा यसको तेल दाँत दुखेको औपधीको रुपमा पनि प्रयोग गरिन्छ । बोक्रालाई पानीमा उमालेर पिउनाले पखाला रोक्ने गर्दछ । दालचिनीको बोक्रा भिरीङ्गीको उपचारमा र तेजपात उत्तेजना बढाउन र मुर्छा पर्ने रोगको उपचारका लागी प्रयोग गरिन्छ । साथै यसको बोक्रा र पात मसलाको रुपमा पनि घरायसी प्रयोजका लगी निकै उपयोगी मानिन्छ र प्रयोग गरिन्छ । यसको तेल ढुसी अवरोधक ९बलतष् (anti fungal) र एन्टीडाइबेटिक (anti diabetic) तत्व पनि पाइनछ ।
बजबर तथा मूल्य :
स्थानी स्तरमा मसलाको रुपमा प्रयोग हुनुको साथै बढी मात्रामा भारत निकासी हुन्छ । अप्रशोधित पात प्रति केजी रु ५०–६० सम्म पर्दछ । अप्रशोधित बोक्राको मूल्य प््ति केजि रु १००–१५० सम्म पर्दछ । सुर्खेत जिल्लामा माथि उल्लेखित मूल्यमा तेजपात र बोक्राको कारोवार भइरहेको भएतापनि मुलुकका अरु विशेषत : शहरी भागमा यसको मूल्य अलि बढी भएको पाईको छ ।
राजश्व :
तेजपातको राजश्व रु २ /- प्रति के.जी र दालचिनीको राजश्व रु ७ /- प्रति के.जी रहेको छ । 
बर्तमान अवस्था :
सामुदायिक वन कार्ययोजनामा तेजपातको श्रोत सर्बेक्षण गरी संकलन समबन्धी योजना बनाउनु पर्दछ । पहिला घरायसी प्रयोजका लागी मात्र उपयोग हुने यो विरुवाले हाल आएर ब्यवसायिक महत्व पाएको छ । तसर्थ उचित संकलन विधिको पनि विकास भइराखेको छ । 
सुर्खेतमा तेजपातको बयापार :
सुर्खेतबाट संकलित तेजपातका बोक्रा तथा पातहरु स्थानी बजारमा करी ५५–७५ रुपैयासम्म विक्री भएर कम्रश : मुलुकका विविध स्थानमा पुग्दा १००–रुपैयाँ प्रति के.जी सम्म हुने गरृको छ । स्थानीय बासिन्दाको सक्रियतामा तेजपातको संकलन ब्यवसायिक प्रयोजनकालागी विकसित हुदैछ । तसर्थ सुर्खेतबासीका लागी यो महत्वपूण आयआर्जनको श्रोत बनेको छ । 


दिगो ब्यवस्थापन :
बोटनै काटेर बोक्रा संकलन गर्दा श्रोत नास हुने भएकाले हाँगा विंगाबाट मात्र बोक्रा संकलन गर्दा श्रोत नास हुने भएकाले हाँगा विंगाबाट मात्र बोक्रा संकलनको कार्य गर्नुपर्दछ । यसको लागी सा.व.र प्राकृतिक बनमा ब्लक विभाजन गरी संकलन गर्नुपर्दछ । यसको  बढ्दो मागलाई पूरा गर्न सामुदायिक बन र निजी खेतबारीमा बृक्षरोपण गर्न प्रोत्साहन गर्नुपर्दछ ।
स्रोत:
नेपाल जडिबुटी ब्यावसायी संघ सुर्खेत

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC