Headlines News :
Home » » सुर्खेतमा जडिबुटी उत्पादनका लागी ७ दिने तालीमको सुरुवात २०७२/१२/०९

सुर्खेतमा जडिबुटी उत्पादनका लागी ७ दिने तालीमको सुरुवात २०७२/१२/०९

Written By Jadibuti Association of Nepal on सोमवार, २८ मार्च, २०१६ | ५:४१:०० PM



सुर्खेतमा जडिबुटी उत्पादनका लागी ७ दिने तालीमको सुरुवात  २०७२/१२/०९
जडिवुटी र सुगन्धित बिरुवा तथा गैह्रकाष्ठ वन पैदावारको नर्सरी बिकास, दिगो ब्यबस्थापन तथा व्यापारिक तवरको खेती सम्बन्धि ७ दिने  तालिम २०७२/१२/०९ देखि २०७२/१२/१५ विरेन्द्रनगर सुर्खेतमा आज मात्र सम्पन्न भएको छ ।  
सुर्खेतमा जडिबुटी उत्पादनका लागी ७ दिने तालीमको सुरुवात  २०७२/१२/०९
          नेपाल जडिबुटी ब्यवसायी संघ केन्दिय कार्यालय नेपालगन्ज को आयोजना जवान शाखा सुर्खेतको सक्रियता तथा GIZ को सहयोगमा संचालित दाङ,प्यूठान,सुर्खेत जिल्लाका जडिबुटी किसान,नर्सरी कर्ता,जवान प्रतिनिधि र सहजकर्ता लगायत २५ जना सहभागी रहेको तालिम जवान शाखा सुर्खेतका अध्यक्ष हेमराज अधिकारी ज्युको अध्यक्षता तथा प्रमुख अथिति जवान नेपालगन्जकी श्री शान्ता ज्ञवाली र सहजीकरण HVAP का जडिबुटी विज्ञ गिरीधर अमात्य ज्यू र जडिबुटी कम्पनी प्रा.लि कोटेश्वरका खेती विस्तार अधिकृत लक्ष्मीदत्त पन्त ले गर्नु भएको थियो ।
ब्यवसायिक खेती सम्भावना टिमुर,तेजपात,चिउरीको व्यवसायिक खेती तथा उत्पादन, नर्सरी तथा खेती सम्बन्धि छलफल र प्रयोगात्मक कक्षा भएको  तालिममा सहजीकरण उच्च मुल्य कृषि विकास आयोजना सुर्खेतका जडिबुटी विज्ञ गीरीधर अमात्यज्यूले गर्नु भएको थियो । लोप हुदै गएको प्राकृतिक जडिबुटीको संरक्षण सम्बद्धर्न र सदुपयोग गरी बहुमुल्य जडिबुटीको उत्पादन तथा खेती विकास हुने देखीन्छ । संघले जिल्ला बन कार्यालय सुर्खेतको समन्वयमा सुर्खेत जिल्लामा २२ वटा सामुदायीक बन छनौट गरी टिमुर तेजपात र चिउरी खेतीको लागी  प्रयास थालेको छ । संघले एक गाँउ एक जडिबुटी कार्यक्रम अन्तरगत जडिबुटी सम्बन्धि १० बर्षे रणनीति तय गरी जडिबुटीको क्षेत्रमा सबैलाई समाहित हुन समेत योजना बनाएको कुरा यस संघका महा–सचिब:- मोति शर्माले जानकारी दिनु भयो ।

सुर्खेतमा जडिबुटी उत्पादनका लागी ७ दिने तालीमको सुरुवात  २०७२/१२/०९


सुर्खेतमा जडिबुटी उत्पादनका लागी ७ दिने तालीमको सुरुवात  २०७२/१२/०९

सुर्खेतमा जडिबुटी उत्पादनका लागी ७ दिने तालीमको सुरुवात  २०७२/१२/०९

सुर्खेतमा जडिबुटी उत्पादनका लागी ७ दिने तालीमको सुरुवात  २०७२/१२/०९

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC