Headlines News :
Home » » २०७२/०९/३० गते जवान शाखाको कार्यक्रम

२०७२/०९/३० गते जवान शाखाको कार्यक्रम

Written By Jadibuti Association of Nepal on गुरुवार, २१ जानेवारी, २०१६ | ७:५६:०० AM

अन्र्तक्रिया कार्यकम
(कास)
३० पुष, २०७२ 

   जडीबुटी संकलन÷किसान र स्थानीय  ब्यापारी÷उत्पादकको बीच सम्पर्क स्थापित गर्नका जीआईजेट नेपालको आर्थिक सहयोग तथा नेपाल जडीबुटी व्यबसायी सघं(जवान),सुर्खेतको आयोजना र जिल्ला वन कार्यालय,सुर्खेतको सहकार्यमा जडीबुटी व्यापारी÷उत्पादक÷सकंलक÷किसानको सहभागीतामा १ दिने अन्र्तक्रिया कार्यक्रम हालै सम्पन्न भएको छ । 
जवान शाखा,सुर्खेतका अध्यक्ष हेमराज अधिकारीको अध्यतामा र जिल्ला वन कार्यालय,सुर्खेतका जिल्ला वन अधिकृत हेमराज बिष्टको प्रमुख आतिथ्यतामा सञ्चालन भएको  अन्र्तक्रियामा जिआईजेट सुर्खेतका संयोजक नविन गुप्ता,जवान नेपालगजंका प्रतिनिधि अरुणा सुक्ला,देउती हर्बल उद्योगका व्यबस्थापक परशुराम कडेल,जडीबुटीको उत्पादन पकेटक्षेत्र छनौट गरिएका सामुदायिक वनका प्रतिनिधि,निजिवन धनी, किसान,उत्पादक,सकंलक,व्यापारी एवम शाखा प्रतिनिधिहरुसग छलफल गरिएको थियो । सुर्खेत जिल्लामा जडीबुटीको अत्यन्त संभावना रहेकोले यसको उत्पादन,संरक्षण,सदुपयोग,व्यसायिकीकरण तथा बजारीकरण गर्न सबैले सक्रियताका साथ लाग्नु पर्ने कुरामा प्रतिबद्धता जनाइएको छ । सहजीकरण जि.व.अ. हेमराज विष्ट,जिआईजेट प्रतिनिधि नविन गुप्ता,जवान शाखाका महासचिव मोतीराम शर्माले गर्नुभएको थियो । हाल जडीबुटी क्षेत्रमा देखिएका समस्याहरुको वारेमा सरोकारवालाहरु विच छलफल गरि जडीबुटीको ५ बर्षे जडीबुटी उत्पादन रणनिति २०७२ तयार गर्ने योजना जवान सुर्खेतले सञ्चालन गर्ने भएको छ । 
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC