Headlines News :
Home » » कुरीलो खेतीतर्फ किसानको आकर्षण

कुरीलो खेतीतर्फ किसानको आकर्षण

Written By Jadibuti Association of Nepal on मंगळवार, ५ जानेवारी, २०१६ | २:५५:०० PM

धादिङ । धादिङ जिल्लाको साङकोष १ की सुमित्रा अधिकारीले आफुले बारीमा लगाएको कुरीलो विरुवा आम्दानीको स्रोत बन्ला भनेर कल्पना समेत गर्न सक्नु भएको थिएन । कुरीलॊेको जरा मुना र फल बजारमा बिक्री भई अहिले मनग्य आम्दानी भएपछि छोरा-छोरीको पढाई खर्च साथै घरपरिवार चलाउन सहज भएपछि उहाँ दंग हुनुभएको छ । बर्षाैदेखि बारीमा परम्परागत खेती गर्दै आएका ग्रामिण क्षेत्रका किसानहरु अहिले कुरीलो खेतीबाट राम्रो आम्दानी हुन थालेपछि आफनो बारीमा खाद्यान्न वाली लगाउन छोडेर कुरीलो खेती गर्न थालेका छन् । आफ्नो बारीमा खाद्यान्न वाली लगाउदाँ हुने उब्जाउ भन्दा कुरीलो खेती गर्दा दोब्बर फाइदा हुने भएपछि किसानहरु यो खेती तर्फ आकर्षित भएका हुन् । कम लगानी र थोरै मिहेनतबाट बढी फाइदा हुने भएपछि पनि किसानहरु आकर्षित्ा भएका हुन् । रासायिनिक मलको प्रयोग बिना हुने यस खेतीबाट किसानले राम्रो आयआर्जन गर्न थालेपछि जिल्लामा यसको व्यावसायिक रुपमा ठुलो सम्भावना देखिएको किसानहरु बताउछन् । बिरुवा रोपेको तिन चार महिनासम्म हुर्कन समय लागे पनि हुकेपछि हप्ताहप्तादिनमा टिप्न सक्ने भएकाले कृषकले चाँडो प्रतिफल पाउने बेसेरी गाविस वडा नम्बर ७ का कृषक बाबुराम नेपालीले भन्नु भयो ्र्र्रपराम्परागत खेति भन्दा कुरीलो खेतीबाट दुई गुना फाइदा दिन्छ । उहाँले आफ्नो २९ रोपनीमा २ लाख रुपौयाको लागतामा १५ सय विरुवा लगाएको बताउनु भयो । बजारमा एक किलो कुरीलोको फलको मुल्य प्रति किलो एकसय ५० देखि दुईसय सम्म रुपियाँमा बित्री हुने गरेको छ । गैरसरकारी संस्था युनाइटेड मिसन टु नेपाल र नारी जागरण केन्द्रलॆ जिल्लामा कुरीलो खेतीको विस्तार गर्ने उदेश्यले सस्थाको सदश्यलाई सातसय कुरीलोका विरुवा वितरण गरेको संस्थाका अध्यक्ष भगवती उप्रेतिले बताउनु भयो । कुरीलो खेतीबाट वार्षिक ३० हाजर रुपौयाँ देखि ५० हजार रुपौयाँ सम्म आम्दानी हुने कुरीलो खेती गर्दै आउनु भएका कृषक मैया राउतले बताउनु भयो । कुरीलोको फल र मुना जाडो महिनामा तरकारी तथा सुप बनाएर खादा स्वास्थ्यको लागि बढी फाइदाजन भएकोले यसको बजारमा माग दिनप्रति दिन बढ्दै गएको छ । कुरीलोको जरा साबुन बनाउन पनि प्रयोग हुने गर्दछ । साकाहारी मानिसले समेत ग्रहण गर्न सक्ने र यसमा पौस्टिक तत्व अधिक मात्रमा पाइने हुनालॆ कुरीलो खेतीको लोकपि्रयता बढेको कुरिलो उपभोग गर्ने उपभोक्ताहरु बताउँछन् । कुरीलो खॆेती धादिङ जिल्लाको साङ्कोष मैदी कुम्पुर केवलपुर गोगनपानी तसर्पु सुनौलाबजार बसेरी लगाएतका गाविसका किसानहरुले गर्दै आएका छन् । कृषकहरुलाई कुरीलो खेती तर्फ आकर्षित गर्न जिल्ला कृषि विकास कार्यालय धादिङले जिल्लामा भएको विभिन्न कृषक समूहरुलाई तालिम तथा कृषि भ्रमणमा लगिएको बताएको छ । 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC