Headlines News :
Home » » गृह पृस्ठ

गृह पृस्ठ

Written By Jadibuti Association of Nepal on सोमवार, २१ डिसेंबर, २०१५ | १०:५०:०० AM


  तराई देखि पहाड तथा हिमाल सम्म पाईने विभिन्न वनस्पतिहरु नेपाली जनताको लागि औषधी तथा अन्य किसिमले उपयोगी हुनुका साथै जिविकोपार्जनका श्रोत पनि हुन् । वषौं वर्ष देखि यी वनस्पतिहरुको व्यापार व्यवसाय कोरा जडीबुटीको रुपमा हुंदै आएकोमा विगत केही वर्ष देखि देश भित्रै यिनको औद्योगिक उपयोग पनि शुरु भैसकेको छ । तर पर्याप्त मात्रामा उद्योगहरुको स्थापना भै नसेकोले कोरा जडीबुटीको व्यापार यथावत चलि नै रहेको छ । असंगाठित रुपमा वषौं देखि चलिरहेको यस व्यवसायलाई संगठित बनाई यस व्यवसायमा रहेका बाधा व्यवधान हटाउने प्रयास गरि जडीबुटी व्यवसायलाई दिगो बनाउन अति आवश्यकता महसुस गरेर यस नेपाल जडीबुटी व्यवसायी संघको स्थापना २०७१ साल मंसिरमा सुर्खेत जिल्लामा शाखा स्थापना भएको हो । केहि व्यक्तिहरुबाट सुरवात गरिएको यस संस्थामा हाल ५० जना भन्दा बढी सदस्य संख्या भै सकेको छ । यस नेपाल जडीबुटी व्यवसायी संघको सदस्यमा जडीबुटी क्षेत्रमा कार्यरत व्यापारी, उद्योगी, तथा निर्यातकर्ताहरु समाविष्ट भएका छन् । यस संस्थाको केन्दिय कार्यालय नेपालगन्जमा रहेको छ ।

सुर्खेत जडीबुटी व्यवसायहरुको लागि प्रमुख स्थान हो । मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्लाहरु एवं देशको अन्य भागबाट संकलन भै बिक्रीको लागि आउने विभिन्न किसिमका जडीबुटीहरु तथा गैरकाष्ठ वन पैदावारहरुको कारोबार यहाँ हुने गर्दछ ।
प्रस्तावना 
      दिनानुदिन बढ्दै गैरहेको जनसंख्याको चापले भैरहेको बन विनाशबाट देशको महत्वपूर्ण प्राकृतिक श्रोत्रको रुपमा रहेका जडीबुटीहरु हराउदै गैरहेका छन् । यस बहुमुल्य सम्पदाको संरषण, संबर्धन एवं समुचित सदुपयोग गर्ने  र यस ब्यवसायमा संलग्न रहेका जनता, ब्यापारी कृषक एवं उद्योगिहरुको हकहित संरक्षण गर्ने र देश विकासमा सक्रिय सहभागिता गराई जनाताको भोक, रोग र गरिवीलाई केहि हद सम्म हटाउने उद्देश्य राखि कार्यक्रम संचालन गर्ने हेतुले नेपाल अधिराज्यको संविधान भाग ३ धारा १२ - २ ग _ बमोजिम “नेपाल जडिबुटी ब्यवसायी संघ” को यो विधान लागु गरिएको छ ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC