उद्देश्य
देशमा रहेको विभिन्न किसिमका जडीबुटी एवं अन्य लघु वन पैदावारहरुको संरक्षण, सम्वद्र्धन एवं समुचित सदुपयोग गर्ने र यस कार्यमा सलग्न व्यक्ति एवं संस्थाहरुको हकहित संरक्षण गर्दै देश विकासको कार्यमा संलग्न हुने यस संस्थाको उद्देश्य हुनेछ ।
लक्ष्य
नेपाली जडीबुटीलाई विश्वमा चिनाऔं, राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाऔं ।
कार्यसमितिको कार्यकाल
यस संस्थाको सम्पूर्ण संस्थापक र साधारण सदस्यहरुले आफु मध्येबाट विधानको परिच्छेद ८ धारा ३० अनुसार निर्वाचन गरि निम्नानुसार को ११ जना पदाधिकारी भएको एउटा कार्य समिति को चयन गर्ने छ र उक्त कार्य समितिमा यस संघको सम्पूर्ण महिला साधारण सदस्यहरु मध्ये बाट १ (एक) जना महिला सदस्यलाई यस संघको कार्य समितिले कार्य समितिको सदस्यको रुपमा मनोनयन गर्ने छ र निवर्तमान अध्यक्ष यस संघको कार्य समितिमा स्वत ः पदेन सदस्य हुनको साथै अध्यक्षबाट मनोनित हुने २ जना सदस्य यस संघको कार्यसमितिमा सदस्य हुने छन् । यसरी कार्य समितिमा अध्यक्ष तथा अन्य पदाधिकारी एवं सदस्यहरु गरि सम्पूर्ण संख्या १५ हुने छ । २ (दुई) जना साधारण सदस्य मध्येबाट अध्यक्षले मनोनित गर्ने सदस्य २(दुई) यसरी निर्वाचित भएको कार्यसमितिको पदावधि ३ ( तीन) वर्षको हुनेछ ।
सदस्यको योग्यता
१. नेपाली नागरिक हुनु पर्ने ।
२. जडीबुटीको संकलन, खरिद बिक्रि, खेती, वा जडीबुटी लघु वन पैदावारहरुको सदुपयोग सम्बन्धि उद्योगमा सलग्न व्यक्ति वा संस्था हुनु पर्ने छ ।
३. नेपाल सरकारको कुनै पनि निकायमा दर्ता भई जडीबुटी सम्बन्धि कारोबार (गैह्रकाष्ठ वनपैदावार) गर्ने मान्यता प्राप्त कुनै फर्म, कम्पनी, संस्थान, उद्योग व्यापार सम्बन्धि संघसंस्थाहरु यस संघको साधारण सदस्य हुन सक्ने छन ।
४. जडीबुटी व्यवसाय वा सो सम्बन्धि अध्यान अनुसन्धान गर्ने संस्थामा कम्तिमा १० वर्ष काम गरेको व्यक्तिलाई निजले काम गरेको संस्थाले प्रमाणित गरिदिएमा यस संघको साधारण सदस्य प्रदान गर्न सकिने छ ।
५. जडीबुटी खेती, नर्सरी वा अन्य तरिकाले जडीबुटी उत्पादन सम्बन्धि कार्यमा कम्तिमा ५ वर्ष सलग्न व्यक्तिलाई यस संघको साधारण सदस्यता प्रदान गर्दा निजले सम्बन्धित गाविसबाट सो सम्बन्धि प्रमाण पेश गनुपर्ने छ ।
६. वर्ष पुगेको हुनु पर्ने ।
७. सदस्यताको लागि नियमानुसार शुल्क तिरेको वा योग्यता पुगेको व्यक्ति हुनु पर्ने छ ।
सामाजिक दायीत्व
नेपाल जडीबुटी व्यवसायी संघको शाखा कार्यालय सुर्खेत हो । यस संघमा सुर्खेत जिल्ला लगायत अन्य जिल्लाका जडीबुटी व्यवसायीहरु यस संघमा आवद्ध छन् । यस संघले सामाजिक दायित्वको रुपमा विभिन्न कार्यक्रम गरि संयुक्त रुपमा समस्याहरुको समाधानको लागि प्रयासरत रहन्छ । यसले विभिन्न व्यापारी, कृषक, उद्योगी एवं निर्यातकर्ताहरुको बीचमा समन्वयकर्ताको रुपमा रहि रहेका समस्याहरु समाधान गर्ने गराउने कार्यहरु गर्ने गरेको छ । व्यापारी–व्यापारी बीचमा रहेका समस्याहरु समाधान गर्ने, प्राविधीक ज्ञान किसानहरुलाई दिने, मेलमिलापको नीति अवलम्बन गर्ने ।
पदाधिकारी ज्युहरुको नामावली
S.N
|
Office Bearers
|
Name
|
Contact No.
|
1
|
President
|
Shri. Hemraj Adhikari
|
9748016770
|
2
|
Ex-president
|
Shri. Khadka Bdr.Budha
|
9842046420
|
3
|
General Secretary
|
Shri. Moti Ram Sharma
|
9848192790
|
4
|
Treasurer
|
Shri. Indra Bdr.Khatri
|
9858051227
|
5
|
Member
|
Shri. Damber Tiwari
|
9858050946
|
6
|
Member
|
Shri. Dhan Bdr.Budha
|
9758001860
|
7
|
Member
|
Shri. Hari P.Sharma
|
9848051236
|
8
|
Member
|
Shri. Tek Bdr.Budha
|
9844890909
|
9
|
Member-women
|
Shri. Krisna Thapa
|
9848050369
|
10
|
Member
|
Shri.Moti P.Chapai
|
9848050295
|
11
|
Member
|
Smt. Nandalal Sharma
|
9848047832
|
12
|
Nominated Member
|
Shri. Resam Khadka
|
9848050361
|
13
|
Nominated Member
|
Shri. Padam Shahi
|
9748023236
|
15
|
Nominated Member
|
Shri.Sankar Dangi
|
9858026250
|
0 comments:
Speak up your mind
Tell us what you're thinking... !