Headlines News :
Home » » जडिबुटी दिगो संकलन अभ्यास तालीम /मिति २०७३–१२–२३/२०७४–१–१

जडिबुटी दिगो संकलन अभ्यास तालीम /मिति २०७३–१२–२३/२०७४–१–१

Written By Jadibuti Association of Nepal on शुक्रवार, २१ एप्रिल, २०१७ | १:२५:०० PM

नेपाल जडिबुटी ब्यावसायी संघ जिल्ला शाखा सुर्खेत
वि.न.पा –९ आवास क्षेत्र
जडिबुटी दिगो संकलन अभ्यास तालीम 
मिति २०७३–१२–२३÷२०७४–१–१
परिचय :
         औषधिय तथा सुगन्धित विरुवाको क्षेत्रमा नेपाल एकिकृत ब्यापार रणनिति परियोेजना को लागि जर्मन सहयोग तथा जी.आइ.जेड को प्राविधिक सहयोगमा समाबेशी आर्थिक विकास कार्यक्रम अन्तरगर्त नेपाल जडिबुटी ब्यावसायी संघ प्रधान कार्यालय नेपागन्ज तथा जिल्ला जडिबुटी ब्यावसायी संघ शाखा कार्यालय  सुर्खेत द्धारा सुर्खेत जिल्लाका बिभिन्न १३ बटा गा.वि.स मा २३ वटा सामुदायीक वन मध्य ६ वटा सामुदायीक बन पाँच  वटा  इभेन्टमा यो कार्यक्रम संचालन गरीएको थियो । जस अनुसार जडिबुटी दिगो संकलन अभ्यास तालीम सा.ब  पदाधिकारी तथा  उपभोक्ता किसानहरुको सहभागीतामा संचालन गरिएको थियो ।

उद्देश्य :
 
             यस  तालिमको उद्देश्य जडिबुटी दिगो संकलन अभ्यास तालीम संचालन गर्नुको साथै किसानलाई उत्पादित जडिबुटी दिगो संकलन,भण्डारण तथा बजारीकरणको बारेमा ज्ञानसिप प्रदान गर्नु रहेको थियो । 

क्रियाकलाप : 
  • मिति २०७३-१२-२३ र मिती २०७३ -१२-२४  गतेका दिन नलखोला सामुदायीक बन जबुर्टा – ८ नलखोला का सा.ब पदाधिकारी तथा स्थानीय किसान जम्मा ३० जनाको सहभागीतामा दुई दिने  जडिबुटी दिगो संकलन अभ्यास तालीम सच्चालन  गरीएको थियो । 
  • मिति २०७३-१२-२५ र २६  गतेका दिन कालिका सा.ब रतु–३ का सा.ब पदाधिकारी तथा स्थानीय किसान जम्मा ३० जनाको सहभागीतामा दुईदिने जडिबुटी दिगो संकलन अभ्यास तालीम   सच्चालन  गरीएको थियो ।
  • मिति २०७३-१२-२७ र २८  गतेका दिन लालीगुरास सा.ब गर्पन –४ का सा.ब पदाधिकारी तथा स्थानीय किसान जम्मा ३२ जनाको सहभागीतामा दुईदिने जडिबुटी दिगो संकलन अभ्यास तालीम   सच्चालन  गरीएको थियो ।
  • मिति २०७३-१२-२९ र ३०  गतेका दिन मालिका सा.ब मटेला–४,चिसापानी सा.ब मटेला–९,चुली सा.ब मटेला–८ प्रत्येक तिन बटै सा.ब बाट १०÷१०÷१० सहभागी छनौट गरी  सा.ब पदाधिकारी तथा स्थानीय किसान जम्मा ३० जनाको सहभागीतामा दुईदिने जडिबुटी दिगो संकलन अभ्यास तालीम   सच्चालन  गरीएको थियो ।
  • मिति २०७३-१२-३१ र २०७४-०१-०१  गतेका दिन मालिका सा.ब मटेला–४,चिसापानी सा.ब मटेला–९,चुली सा.ब मटेला–८ प्रत्येक तिन बटै सा.ब बाट १०÷१०÷१० सहभागी छनौट गरी  सा.ब पदाधिकारी तथा स्थानीय किसान जम्मा ३० जनाको सहभागीतामा दुईदिने जडिबुटी दिगो संकलन अभ्यास तालीम   सच्चालन  गरीएको थियो ।
  • यस जडिबुटी दिगो संकलन अभ्यास तालीम  प्रशिक्षक दिल बहादुर क्षेत्री (बनस्पतिक विज्ञ), जवान केन्द्रका कार्यक्रम संयोजक ललित सारु , जि.आई.जेडका कार्यक्रम संयोजक  नविन कुमार गुप्ता तथा जवान सुर्खेत शाखाका सामाजिक परिचालक श्रवण राज शाही र लिला लामीछानेको सहभागीता रहेको थियो ।

उपलब्धि :
  • यस जडिबुटी दिगो संकलन अभ्यास तालीम मा टिमुर खेति सम्बन्धि छ वटा सामुदायीक बनका १५२ जना किसानले उत्पादित जडिबुटी दिगो संकलन,भण्डारण तथा बजारीकरणको बारेमा प्रयोगत्मक तरिकाद्धारा  ज्ञान सिप प्राप्त गरेका थिए ।
  • हालसम्म स्थानीय किसानले टिमुरलाई घाममा सुकाई टिमुरको गुणस्तरीयता कायम नगरी यस यस जडिबुटी दिगो संकलन अभ्यास तालीमबाट छहारीमा सुकाई गुणस्तरीयता कायम गर्ने ज्ञानसिप हासिल गरेका थिए ।
  • प्राकृतिक रुपमा संरक्षीत टिमुर उत्पादन लिने भएकोले यस बारेका किसानलाई ज्ञान नभएको हुदाँ यस जडिबुटी दिगो संकलन अभ्यास तालीमले थप टिमुर खेतिमा आर्कषण तथा  उत्पादन वृद्धीमा सहयोग पु¥याउने देखीएको थियो ।

निस्कर्ष :
  • यस जडिबुटी दिगो संकलन अभ्यास तालीम सम्बन्धि किसान तथा सा.पको सहभागीतामा जम्मा ६ वटा सा.ब मा माथि उल्लेखीत मितिमा सम्पन्न गरिएको थियो ।
  • आगामीदिनहरुमा यस जडिबुटी दिगो संकलन अभ्यास तालीमले किसानले ब्यवसायीक उत्पादित जडिबुटी दिगो संकलन,भण्डारण तथा बजारीकरणको बारेमा जवान शाखा र जवान केन्द्र संग समन्वय गर्ने निस्कर्ष निकालिएको थियो । 

यस तालिमका केही झलकहरु  तस्बीरमा :



























































Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC