Headlines News :
Home » » वीरेन्द्रनगर नगरपालिका

वीरेन्द्रनगर नगरपालिका

Written By Jadibuti Association of Nepal on सोमवार, २८ डिसेंबर, २०१५ | ८:५२:०० AM

वीरेन्द्रनगर नगरपालिका

नेपाली विकिपीडियाबाट
वीरेन्द्रनगर नगरपालिका
—  नगरपालिका  —
वीरेन्द्रनगर नगरपालिका is located in नेपाल
वीरेन्द्रनगर नगरपालिका
वीरेन्द्रनगर नगरपालिका
नेपालको नक्शामा वीरेन्द्रनगर नगरपालिका
निर्देशाङ्क (वीरेन्द्रनगर): 28.600000°N 81.633333°Eनिर्देशाङ्क:[१]
देश नेपाल
विकास क्षेत्रमध्य-पश्चिमाञ्चल
अञ्चलभेरी अञ्चल
जिल्लासुर्खेत जिल्ला
सदरमुकामवीरेन्द्रनगर
स्थापनावि.सं. २०३३
क्षेत्रफल[२]
 - जम्मा१६९ किमी (६५.३ वर्ग मी)
अधिकतम उचाईं६६५ मी (२,१८२ फिट)
जनसङ्ख्या (नेपालको राष्ट्रिय जनगणना वि.सं. २०६८)[२][३]
 - जम्मा९३,७१८
 - जनघनत्व५५४.५/किमी (१,४३६.३/वर्ग मी)
जातीयता
 - मुख्य जातीयताब्राह्मणक्षेत्रीमगरगुरुङनेवारदमाई,सुनारथारु
भाषा
 - मुख्य भाषाहरूनेपालीअवधीगुरुङनेवारीमगरथारू
समय क्षेत्रनेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड+९७७-८३
वेबसाइटjadibutisurkhet.blogger.com
वीरेन्द्रनगर नगरपालिका नेपालको सुर्खेत उपत्यकाको सुर्खेत जिल्लामा पर्दछ यो सहर मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम तथा सुर्खेत जिल्लाको पनि सदरमुकाम हो। यो नगरको नामाकरण स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहको नामसँग संबन्धीत छ। राजा वीरेन्द्रबाट नै सुर्खेत उपत्यकामा मलेरीयाको उन्मुलन पछि वीरेन्द्रनगर सहरको परिकल्पना गरिएको थियो। हाल वीरेन्द्रनगर पश्चिम नेपालको प्रमुख वाणिज्य केन्द्र तथा शिक्षा र स्वास्थ्यको केन्द्र हो।[१]

विषयसूची

  [लुकाउने
  • जनसंख्या
  • यातायात तथा सञ्चार
  • स्वास्थ्य
  • शिक्षा
  • आकर्षण
  • सन्दर्भ सामग्रीहरू
  • बाह्य लिङ्कहरू
  • यो पनि हेर्नुहोस्
  • बाहिरी कडीहरू

जनसंख्या[सम्पादन गर्ने]

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार वीरेन्द्रनगर नगरपालिकाको जनसंख्या ९३,७१८ मध्ये पुरुष ४९% र महिला ५१% छन।[२][३]

यातायात तथा सञ्चार[सम्पादन गर्ने]

वीरेन्द्रनगर नगरपालीकामा हाल झन्डै पचासहजारको हारहारीमा मानीस बसोबास गर्दछन साथ साथै नेपालमा फैलिएको गृहयुद्दले वीरेन्द्रनगरलाई आप्रवासी हरूको सहर बनएको छ छेउछाउका पाहाडी जिल्लाबाट मावोवादी युध्दपिडीतहरू सरेर यांहा बसेका छन्। मिति २०७१।०१।२५ गते नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय बमोजिम यस नगरपालिकामा छिमेकका उत्तरगंगा र लाटीकोइली गाविस समेत समावेश भएका थिए । साथै मिति २०७१।०८।१६ गतेको नेपाल सरकार मन्त्रीपरिषदको निर्णयानुसार पुनः जर्वुटा गाविस लाई समेत गाभेर हाल यस नगरपालीकालाई २४ वटा वडामा विभाजन गरिएको छ।[२] याँहाको टेलीफोन कोड०८३ हो। वीरेन्द्रनगरलाई देशका प्रमुख स्थान सँग जोडने कार्य रत्न राजमार्गले कोहलपुरमा महेन्द्र राजमार्ग सँग जोडदै पुरा गरेको छ, जसमार्फत वीरेन्द्रनगर बुटवल, भरतपुर, हेटौडा, काठमाडौं, धरान, विराटगर लगायतका सहर हरू सँग जोडीन पुगेको छ। भने भर्खरै निर्मीत कर्णाली राजमार्गले दैलेख जिल्लाका साथै कर्णाली अञ्चलका कालीकोट, जुम्ला लगायतका जिल्ला सँग जोडेको छ। त्यसै गरी दांग उपत्यका बाट सल्यान हुदै सुर्खेत पसेको कच्ची सडकले तुल्सीपुर तथा त्रिभुवननगर सँग जोडेको छ त्यसै गरी नवनिर्मीत जाजरकोट सडकले जाजरकोटको सदरमुकाम तथा रूकुमको चोरजाहारी सँग जोडेको छ, वीरेन्द्रनगरमा आधुनीक सञ्चारका साधन, इमेल, इन्टनेट, पोष्टपेड तथा प्रिपेड मोवाइल, लोकल फोन एस टि डी तथा आइ एस टि डी लगायत सबै सुबिधा उपलब्ध छन।

स्वास्थ्य[सम्पादन गर्ने]

वीरेन्द्रनगरमा मध्यपस्चीमान्चल क्षेत्रीय अस्पताल, एक जिल्ला अस्पताल र एक नेत्र उपचारकेन्द्र सरकारी नियन्त्रणमा सञ्चालीत छन भने केही प्राइभेट स्वास्थ्य संस्था पनि यहाँ रहेका छन।
  • मध्यपस्चीमान्चल क्षेत्रीय अस्पताल वीरेन्द्रनगर
  • सुर्खेत जिल्ला अस्पताल
  • सुर्खेत नेत्र उपचार केन्द्र

शिक्षा[सम्पादन गर्ने]

थुप्रै माध्यामीक तथा प्राथमीक विधालय रहेको बिरेन्द्रनगरमा सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर बहुमुखी क्याम्पस तथा सामुदायीक चिकीत्सा क्याम्पस मुख्य शैक्षीक संस्था हुन। हालैमात्र सरकारले वीरेन्द्रनगरमा मध्यपस्चिमाञ्चल विश्वविधालय निर्माणका लागि कार्यदल गठन गरेको छ। वीरेन्द्रनगरको मुख्य कारोबार ब्यापार, नोकरी तथा कृषि रहेको छ।[४]
  • मध्षपस्चिमाञ्चल विश्वविधालय वीरेन्द्रनगर
  • सुर्खेत बहुमुखि क्याम्पस
  • वीरेन्द्रनगर बहुमुखी क्यम्पस
  • सामुदायीक चिकीत्स क्यम्पस

आकर्षण[सम्पादन गर्ने]

तिब्बतमा रहेको हिन्दुहरूको प्रशिद्ध तिर्थस्थल मानसरोवर जाने यात्रुले हुम्ला सम्म जानका लागि हेलीकप्टर तथा जाहज चढने प्रमुख स्थान वीरेन्द्रनगर हो। त्यसै गरी यसै नगर वरी परी रहेका देउती बज्यै तथा काँक्रेविहार क्षेत्र याँहाका मुख्य प्रकृतीक तथा साँस्कृतीक आकर्षणहुन नगर भित्रै रहेको पश्चिम नेपालको एकमात्र घन्टाघर वीरेन्द्रनगरको गौरब हो त्यसैगरी त्यसैगरी नगरको नगिचै रहेको बुलबुल ताल तथा पार्क आदी प्रकृतीक सुन्दरता अन्तर्गत पर्दछन। भेरी तथा कर्णालीमा जलबिहार गर्न जाने पर्यटक हरू पनि वीरेन्द्रनगर पुग्ने गरेका छन त्यसै गरी कर्णाली जाने पर्यटकको त वीरेन्द्रनगर मुख्य यातायात केन्द्रनै हो।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC