Headlines News :
Home » » स्मरण शक्ति बढाउने ५ सहज तरिका

स्मरण शक्ति बढाउने ५ सहज तरिका

Written By Jadibuti Association of Nepal on मंगळवार, २४ मार्च, २०१५ | ११:४७:०० AM

           
 बढ्दै गरेको उमेरको साथ साथ धेरै सुत्ने, कुनै कुराको नशा, चुरोटको प्रयोग, ढिलो सुत्ने तथा ढिलो उठ्ने, दिउँसो सुत्ने तथा आवश्यक पोषक तत्वको कमिका कारण हाम्रो स्मरण क्षमता कमी आउन सक्छ । हामीले हाम्रो स्मरण क्षमतालाई बढाईराख्नु आवश्यक पनि हुन्छ । यस्तो अवस्थामा हामीलाई परिआएका समस्या समस्याको समाधान तथा बारम्बार बिर्सने समस्याबाट छुटकारा पाउनको लागी केही सहज उपायहरू अपनाउँदा पनि ती समस्याबाट छुटकारा पाउन सकिन्छ । थाहा पाऔ सहज उपायहरू जसले हाम्रो स्मरण शक्तिलाई राम्रो बनाउन सहयोग गर्छ ।

१. बदामलाई पाँच दिन भिजाएर राख्ने । भिजाएको बदामलाई बिहानै बाहिरको बोक्रा फ्याकेर पिस्ने । एक गिलास तातो दुधमा पिसेको बादम हाल्ने र २ चम्चा मह मिसाएर खाने । यसरी सेवन गरेपची करिब दुईघण्टासम्म अन्य केही पनि नखाने ।

२. ओखर पनि स्मरण क्षमता बृद्धि गर्नका लागी सहायक सिद्ध हुन सक्छ । को नियमित प्रयोले स्मरण क्षमताको बृद्दि हुन्छ । २० ग्राम ओखर र १० ग्राम किसमिसको प्रयोगले स्मरण शक्तिमा बृद्धि हुन्छ ।

३. ब्राह्मी पनि स्मरण शक्ति बढाउन प्रयोग गर्न सकिने राम्रो जडिबुटी हो । यसको एक चम्चा रस हरेक दिन पिउनाले वा यसको ७ वटा पत्ता चबाएर खानाले पनि स्मरण शक्ति बृद्धि गर्नमा मद्धत गर्छ ।

४. १० ग्राम दालचिनीको धुलोलाई महमा मिसाएर खानाले पनि फाइदा गर्छ ।

५.आधा खाना खाएपछी अमलाको रसमा ३० ग्राम पानी मिसाएर पिउने र बाँकी खाना खाने । यसरी २१ दिनसम्म खाने गरे स्मरण शक्तिमा बृद्धि हुन्छ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC