Headlines News :
Home » » मुख्य लेखहरू

मुख्य लेखहरू

Written By Jadibuti Association of Nepal on बुधवार, १८ नोव्हेंबर, २०१५ | १२:२१:०० PM

भूगोल

नेपालको भौगोलिक नक्सा
सुक्खा हिमाली पृष्ठभूमि
नेपाल मोटामोटी चारकुने आकारको छ । नेपालको लम्बाई करिब ८०० किलोमिटर (५०० माइल) र चौडाई २०० किलोमिटर (१२५ माइल) छ। नेपालको कुल क्षेत्रफल १४७,१८१ वर्ग किलोमिटर (५६,८२७ वर्ग माइल)छ। नेपाल भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिन्छ: हिमाली क्षेत्र, पहाड, र तराई । यी क्षेत्रहरू पूर्व-पश्चिम दिशामा देशभरि फैलिएका छन् र यीनीहरूलाई नेपालका प्रमुख नदीहरूले ठाउँ-ठाउँमा विभाजन गरेका छन्। तराइ क्षेत्र र पाहाडी क्षेत्रका बिच दक्षिणमा चुरे तथा उत्तरमा माहाभारत शृंखलाले घेरिएका बिभिन्न सात वटा उपत्यकाहरूको समूह छ जसलाई भित्री मधेश पनि भनिन्छ। भारतसँग जोडिएको तराइ फाँट भारतीय-गंगा समथरको उत्तरी भाग हो। यो भागको सिंचाई तथा भरणपोषणमा तीन नदीको मुख्य हात छ, यी नदीहरू हुन्: कोशीगण्डकी (भारतमा गण्डक नदी), रकर्णाली नदी। यो भूभाग उष्म र सन्तृप्त छ । नेपाल र बंगलादेशको सिमाना नजोडिएतापनि यी दुई राष्ट्र २१ किलोमिटर (१३ माइल) को एउटा सांघुरो चिकेन्स् नेक भन्ने क्षेत्रबाट छुट्टिएका छन् । यो क्षेत्रलाई स्वतन्त्र-व्यापार क्षेत्र बनाउने प्रयास भईरहेको छ ।
पहाडी भूभागमा १,००० देखि ४,००० मिटरसम्मका (३,३००–१३,१२५ फिट) उचांईका पर्वत पर्दछन् । यो क्षेत्रमा महाभारत लेक र सिवालिक शृंखला (चुरिया) नामका दुई साना पहाडी शृंखला मुख्य शृंखला हुन्। पहाडी क्षेत्रमा काठमाडौं उपत्यका पनि पर्दछ जुन नेपालको सबैभन्दा उर्वर तथा सहरी क्षेत्र हो। पहाडी क्षेत्रको उपत्यकाहरूको दांजोमा २,५०० मिटर (८,२०० फिट)भन्दा उच्च स्थलमा जनघनत्व निकै कम छ ।

हिमाली क्षेत्रमा संसारका सबैभन्दा उच्च हिमशृंखलाहरू पर्दछन्। यस क्षेत्रको उत्तरमा चीनको सीमानामा संसारको सर्वोच्च शिखर, सगरमाथा ८,८४८ मिटर (२९,०३५ फि) अवस्थित छ । संसारको ८,००० मिटर भन्दा अग्ला १४ चुचुरा मध्ये ८ नेपालको हिमाली क्षेत्रमा पर्दछन् । कञ्चनजङ्घा, संसारको तेस्रो उच्च शिखर पनि यही हिमाली क्षेत्रमै पर्दछ। नेपालका सबै भौगोलिक क्षेत्रका मुख्य समस्यामा वनविनास एक मुख्य हो जसले गर्दा भूक्षय र परिस्थितिकीय प्रणाली विनास हुन्छ। संसारको सर्वोच्च शिखर सगरमाथा नेपाल र चीन (तिब्बत)को सीमानामा अवस्थित छ । यो हिमालको नेपालमा पर्ने दक्षिण-पूर्वी पर्वतपृष्ठ (ridge) प्राविधिक रूपमा चढ्न सहज मानिन्छ । जसको कारण हरेक वर्ष सो स्थानमा धेरै पर्यटक भेला हुन्छन् । अन्य चढिने हिमालमा अन्नपूर्ण (१,२,३ र ४) अन्नपूर्ण शृंखलामा पर्दछन् ।
नेपालमा पाँच मौसमी क्षेत्र छन् जुन उचाँईसँग केही मात्रामा मेल खान्छन्। उष्ण तथा उपोष्ण क्षेत्र १,२०० मिटर(३,९४० फि) भन्दा तल, शीतोष्ण क्षेत्र १,२०० देखि २,४०० मिटर (३,९००–७,८७५ फि), चिसो क्षेत्र २,४०० देखि ३,६०० मिटर (७,८७५–११,८०० फि), उप-आर्क्टिक क्षेत्र ३,६०० देखि ४,४०० मिटर (११,८००–१४,४०० फि), र उत्तरी ध्रुवीय क्षेत्र ४,४०० मिटर(१४,४०० फिट) भन्दा माथि। नेपालमा छ ऋतुहरू छन्: ग्रीष्म, वर्षा, शरद्, शिशिर, हेमन्त र वसन्त। हिमालयले मध्य एसियाबाट बहने चीसो हावालाई नेपाल पस्नबाट रोकिदिन्छन् तथा मनसुनको वायुको उत्तरी परिधिको रूपमा पनि काम गर्दछन् ।
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC