Headlines News :
Home » » अदुवा

अदुवा

Written By Jadibuti Association of Nepal on गुरुवार, ९ एप्रिल, २०१५ | १२:१३:०० PM

     अदुवा        
        वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी (Zingiberaceae) परिवारमा पर्ने प्रमखु बिरुवा हो। यसको प्रयोग साधारणत तरकारी, मसला औषधिको रूपमा आउँछ। यसको गानो रेशादार हुन्छ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ। नेपालमा सल्यानको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ अदुवा खासगरी चैत्र/बैशाख महिनामा रोपिन्छ। यो खेती गर्नका लागि सामान्यतया पानी नजम्ने दुमट किसिमको माटो उपयुक्त हुन्छ। बारी जोतेर राम्रोसँग डल्ला फोरी माटोलाई बुर्बुर किसिमको बनाउनु पर्दछ। त्यसपछि ड्याङ खनेर त्यसमा कम्पोष्ट मल अथवा पचेको गोबरमल हाल्नु पर्दछ। त्यसको माथि अदुवाको पानालाई -सानो टुक्रामा भाँचेर रोप्नु पर्दछ। यसरी टुक्रा भाँच्दा प्रत्येक टुक्रामा कम्तीमा एउटा टुसो पर्ने गरी सावधानीपूर्वक भाँच्नुपर्दछ। कम्पोष्ट मलमाथि अदुवाको बीउ राखिसकेपछि धुलो माटोले पुर्नु पर्दछ। झार आदिबाट जोगाउनका लागि सुकेको पतकर आदि ड्याङमा राख्न सकिन्छ। अदुवा रोपेको ठाउँमा उम्रेको झारलाई बराबर उखेलीरहनु पर्दछ। अदुवाको बिरूवा राम्रोसँग उम्रेपछि अघि रोपेको बीऊ झिक्नु पर्दछ। यसरी झिकिएको बीऊको टुक्रालाई माऊ कतै बुढी पनि भन्दछन्। माऊ अदुवा सामान्य अदुवा सरह मसलाको रूपमा प्रयोग गर्न सकिने भएको हुँदा यो लोकप्रिय नगदेवाली हुन पुगेको हो। 
       
बजारमा पनि माऊ अदुवा राम्रो मूल्यमा बिक्री हुन्छ। माऊ झिकिसकेपछि अदुवालाई उकेरा अर्थात् माटो दिनु पर्दछ। चैत्र बैशाखमा रोपेको अदुवा कार्तिक/मंसीरमा खन्न सकिन्छ टिमुर:-टिमुर सल्यान जिल्ला तथा नेपालमा पाइने एक किसिमको फल हो। मीठो स्वाद बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ। बैज्ञानिक नाम ( ल्याटिन नाम) : जान्थोजाइलम अर्मेटम (Zanthoxylum armatum DC) आयुर्वेदिक प्रणाली अनुसार यो वायुशमन गर्ने , दाँत दुखेको निको गर्ने , तागत दिने , जरो निको गर्ने , अजिर्ण हैजा इत्यादि रोगहरूमा प्रयोग गरिन्छ। यो माछाको विषमा पनि प्रयोग गरिन्छ


Share this article :

भाषा परिवर्तनको लागी यहाँ

 
Website Design by Jhalak oli Published Date 2014 DEC